नियम २९
कर्मचारी सम्बन्धी व्यवस्था
(१) कोषको काम सुचारु रुपले सञ्चालन गर्न स्वीकृत सङ्गठनात्मक संरचना बमोजिम कोषमा आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन् ।
(२) कोषका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी व्यवस्था तत् सम्बन्धी विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।
(३) कोषको स्वीकृत सङ्गठनात्मक संरचना बमोजिमको पद कुनै कारणले रिक्त भई तत्काल पूर्ति हुन सक्ने अवस्था नरहेमा कोषको माग बमोजिम मन्त्रालयले आवश्यक कर्मचारीको व्यवस्था मिलाउनेछ ।